*****BimalDai ***

October 29, 2009

adult johny…

Filed under: छोटकरी - Bimal Dai @ 1:54 am

johny johny —yes papa
eating suger–no papa, sugar crisis in market..
telling lie– no papa—you can see the long queue over there
open your mouth—hahaha—( this is brown sugar papa)….available every where easily…..

हाईकु_१

Filed under: हाईकु - Bimal Dai @ 1:13 am

मंसिर मास
धान चुट्ने तयारी
आफैं चुटिए

तर्क अनेक………

Filed under: कविता / गजल - Bimal Dai @ 12:59 am

भाग्यमा आस्था राख्नेहरु भन्छन,
ईश्वरको पुजा राम्रो
कर्ममा रात दिन जोतिनेहरु भन्छन,
पसिनाको दुईछाक भुजा राम्रो
सभ्य भएर पनि लाज पचाउने देखी दिक्दार भएका
दुईचार भद्रभलाद्मिहरु भन्छन,
लाजछोप्ने एकटुक्रा धुजा राम्रो
बैसमा बाटो बिराएकाहरु
अहिले पुर्पुरोमा हात राख्दै भनछन् रे
मन बिगार्ने तन्नेरी छाला भन्दा
जिन्दगीको मिठो अनुभव बोकेका निधारको मुजा राम्रो

October 28, 2009

my vision

Filed under: कविता / गजल - Bimal Dai @ 1:52 am

what to believe and what to not
whatever the things i lost and got
they are equal if i compare
but lost is high when i separately measure
is it illusion or my unsatisfaction?
or can i say it as a step of perfection……
pls.  pls. pls……give me suggestion

October 9, 2009

दुई चार पाईला सार्ने हो की !

Filed under: कविता / गजल - Bimal Dai @ 11:45 pm

 

झझल्को मै सारा जीबन यसै गरी मार्ने होकी
मैले जस्तै दुई चार पाईला तिमीले नि अघि सार्ने हो की


म आऊ भन्छु तिमी पर्ख भन्छ्यौ
आखिर के ले बाटो छेक्यो तिमी के चाहन्छ्यौ ?
टाढा बसि तस्बीर् हेर्दै आसुँ मात्रै झार्ने होकी
मैले जस्तै दुई चार पाईला  तिमीले नि अघि सार्ने हो की

तिमी राजी म राजी सबै कुरा मिली हाल्यो
झट्टै गरौं घर सल्लाह अब ढिला हुन थाल्यो
आल्याङ् ताल्याङ्  सधैं यसरी बहाना बनाइ टार्ने हो की
मैले जस्तै दुई चार पाईला तिमीले नि अघि सार्ने हो की

झझल्को मै सारा जीबन यसै गरी मार्ने होकी
मैले जस्तै दुई चार पाईला तिमीले नि अघि सार्ने हो की

September 25, 2009

बडा दशैंको शुभकामना…..

Filed under: कविता / गजल - Bimal Dai @ 2:06 am

 

बडा दशैं सधैं झैं आयो यस बर्ष पनि
दुःख पीर भुलाएर लिईआयो हर्ष अनी
घुमिफिरी एक सालमा आउने महान चाड यो
खुशी उमङ्ग भित्रयाउ मनमा रिस द्वेग छाड हो
रातो टिका ,जमरामा आशीर्वाद बस्छ रे
उच्च उच्च बिचार सोच ,पुरा हुन सक्छ रे
लागीरहोस मन सधैँ शुभ शुभ काममा
2066 को बडा दशैँमा मेरो यो शुभकामना………..

August 28, 2009

लुट्नु सम्म लुट्यो

Filed under: कविता / गजल - Bimal Dai @ 9:25 am


 

यो जूनी त यस्तै भयो,समय ले मलाई जित्यो


     जालझेल गरेर


     मेरै आँखा छलेर


     अघि बढ्ने पाईला मेरा थिच्नु सम्म थिच्यो ।    


     यो जूनी त यस्तै भयो, भाग्यले नि मलाई ठग्यो


     खुशीको चारा हालेर


     मेरै मन चोरेर


     भविष्यका आशा मेरा खोस्नु सम्म खोस्यो ।।


     यो जूनी त यस्तै भयो हरेकपल धोका भयो


     मायालुको बिश्वाशघातले


     छलगर्नेका पापी हातले


     सोझोपनको फाईदा उठाई लुट्नु सम्म लुट्यो  ।।।

एउटा ईतिहाँस भैसकेछु…

Filed under: कविता / गजल - Bimal Dai @ 9:16 am

नरुनु है तिमी अब सानो तिनो बिपत पर्दा

पुछ्न सक्दिन म तिम्रा आँखा बाट आँशु झर्दा

खोइ कहाँ कति खेर म त लाश भैसकेछु

संसारमा नया एउटा ईतिहाँस भैसकेछु ।

 

नगर्नु है कोरिबाटी,बिर्सिदेउ श्रृङ्गार सब

भर्न सक्दिन म तिम्रा नागबेली सिउँदो अब

खोइ कहाँ कति खेर म त लाश भैसकेछु

संसारमा नया एउटा ईतिहाँस भैसकेछु ।।

 

नबस्नु है उदासी भै,हाँस्नु अरु हाँसिदिँदा

फकाउन सक्दिन म अब तिमि रोइदिँदा

खोइ कहाँ कति खेर म त लाश भैसकेछु

संसारमा नया एउटा ईतिहाँस भैसकेछु ।।।

 

नहेर्नु है जून राती मन बहकिन सक्छ

अँगाल्न सक्दिन फेरी ,ईच्छा तिम्रो मर्न सक्छ

खोइ कहाँ कति खेर म त लाश भैसकेछु

संसारमा नया एउटा ईतिहाँस भैसकेछु ।।।।

 

खोइ कहाँ कति खेर म त लाश भैसकेछु

संसारमा नया एउटा ईतिहाँस भैसकेछु ।।।।

तिम्रो लागि अर्पण गर्न

Filed under: कविता / गजल - Bimal Dai @ 9:05 am

शब्द शब्द खोज्दै छु तिम्रो रुप वर्णन् गर्न

आफ्नै मुटु रोज्दै छु तिम्रो लागि अर्पण गर्न

हजार लाखौं अरबौंमा तिमी एक मन पर्ने

तिम्रै आँखा रोज्दै छु मेरो आफ्नै दर्पण हेर्ने

आफ्नै मुटु रोज्दै छु तिम्रो लागि अर्पण गर्न

ग्रहणको चन्द्रमाझैं किन त्यसरी लुक्नु पर्ने ?

कत्ति पर्खी बसुँ अझैं तिम्रो एक दर्शन गर्न

आफ्नै मुटु रोज्दै छु तिम्रो लागि अर्पण गर्न

शब्द शब्द खोज्दै छु तिम्रो रुप वर्णन् गर्न

आफ्नै मुटु रोज्दै छु तिम्रो लागि अर्पण गर्न

August 21, 2009

तिमी कता लाग्यौ लाग्यौ

Filed under: कविता / गजल - Bimal Dai @ 5:04 am

म मनमा राख्न खोज्थेँ , तिमीले आँखा रोज्यौ ..

परेला एकैछिन के उघ्रिएथ्यो ,तिमी कता झर्यौ झर्यौ …

म ढुकढुकी सुनाउन चाहन्थेँ, तिमीले बोली रोज्यौ…

एकैछिन के चुप बसेथेँ ,तिमीले ध्यान अन्तै सार्यौ…

म जीवनभर साथ दिन्छु भन्थें, तिमीले  क्षणिक हात समायौ

भीडमा एकैछिन के रुमल्लिएथें…तिमी कता लाग्यौ लाग्यौ

 

August 11, 2009

जब आँखाले बोल्छ

Filed under: कविता / गजल - Bimal Dai @ 5:54 am

 


जब आँखाले बोल्छ,मनले देख्छ अनि ढुकढुकीले सुन्दछ
असम्भव लाग्ने सबै कुराहरु भाको भाको झैं लाग्दछ
आफु संगै भएको मन पनि
कतै, टाढा गाको गाको झैं लाग्दछ

बातचित दोहोरो चल्दै जान्छ
मन एकोहोरो हुँदै जान्छ
जब सपनाले ब्युझाँउछ … कल्पनाले भुलाँउछ
नभोगेका सारा खुशीहरु पाको पाको झैँ लाग्दछ
आफु संगै भएको मन पनि
कतै, टाढा गाको गाको झैं लाग्दछ

फूलमा सुवास पाउँदिन म,
जुनै देख्छु फिका
जब सामुन्ने बस्छिन..मुसुक्क हाँस्छिन
प्रकृतिका सबै सौन्दर्य उनीमै छाको छाको झैं लाग्दछ
आफु संगै भएको मन पनि
कतै, टाढा गाको गाको झैं लाग्दछ

जादु हो कि मायाको
कि मोहनी हो रुपको
जब एक्लै टोलाउँछु…आफैँमा हराउँछु
अस्ताउँदो सूर्य पनि किन हो उदाको उदाको झैं लाग्दछ
आफु संगै भएको मन पनि
कतै, टाढा गाको गाको झैं लाग्दछ


२०६६/०४/२७
aug-10-2009

VA,USA

August 6, 2009

“अनौठो जीन्दगी”

Filed under: कविता / गजल - Bimal Dai @ 8:18 am

 

यस्तै रैछ जीन्दगीका बाङ्गा टिङ्गा बाटाहरु
पाईलै पीच्छे दागलागेका नउप्किने टाटाहरु
यता पाके उता काँच्चै,अनौठो रैछ जिन्दगी साँच्चै
बरोबरी हुन्न रैछ जिन्दगीका पाटाहरु    ।

नसोचेको भोग्नुपर्ने ,मन परेको छोड्नुपर्ने
हिड्दा हिड्दै बाटो छोडि अर्कै तिर मोड्नुपर्ने
आधा पाके आधा काँच्चै, अनौठो रैछ जिन्दगी साँच्चै
पापलाग्ने जानी जानी बोटको फूल चूँड्नु पर्ने ।।

लक्ष्य एउटा पाइला अर्को,नगर्नेकै स्वर चर्को
लडाँइ गर्छन अँधेरोमा मान्छे मार्छन आफ्नै घरको
यता पाके उता काँच्चै,अनौठो रैछ जिन्दगी साँच्चै
मनको खुशी नदेखेर खोज्न हिँड्छन् धेरै परको
मनको खुशी नदेखेर खोज्न हिँड्छन् धेरै परको ।।।

तिमीलाईनै मन पराउने म

Filed under: कविता / गजल - Bimal Dai @ 8:13 am

 

हजार मुस्कान अरुले हाँसेनी तिम्रै मौनतामा रमाउने म
पिरतीको माला अरुले गाँसेनी तिमीलाईनै मन पराउने म।

राम्री बन्छन, नजिक पर्छन, मेरो मन जलाउँछन
माया प्रेमका कुरा गर्न एकान्तमा बोलाउँछन
नौरंगी श्रृंगार अरुले गरेनी तिम्रै सरलतामा हराउने म
जतिनै नजिक अरु मतिर सरेनी तिम्रै हात समाउने म ।।

रुन्छन् मर्ने धम्की दिन्छन, मेरो बाटो छेक्छन,
हातै काटी रगतले प्रेम पत्र लेख्छन्
झरिझैं आँशु अरुले बगाएनी तिम्रै काखमा निदाउने म
तगारो मलाई जत्तिनै लगाएनी तिमीसँगै जिवन बिताउने म ।।।

हजार मुस्कान अरुले हाँसेनी तिम्रै मौनतामा रमाउने म
पिरतीको माला अरुले गाँसेनी तिमीलाईनै मन पराउने म।

आँउदिन अब फर्किएर

Filed under: कविता / गजल - Bimal Dai @ 8:10 am

 

जाउ भन्यौ हिँडिदिँए आँउदिन अब फर्किएर
पर्दैन हेर्नु मेरो बाटो ,नबस अब पर्खिएर

सानो शहर एउटै बाटो कतै भेट भएपनी
चिन्नु पर्दैन तिम्ले मलाई  हिँड आँखा चिम्लिएर
एउटा घाँडो पन्छियो भनी बसे हुन्छ फूर्किएर
जाउ भन्यौ हिँडिदिँए आँउदिन अब फर्किएर
पर्दैन हेर्नु मेरो बाटो ,नबस अब पर्खिएर

एक्लै बस्दा कहिलेकाहिँ अतितले सताएपनी
रुनु पर्दैन सम्झिएर ,बिर्स सपना भन्ठानेर
फालिदेउ मेरा यादहरु मनै देखी खुर्किएर
जाउ भन्यौ हिँडिदिँए आँउदिन अब फर्किएर
पर्दैन हेर्नु मेरो बाटो ,नबस अब पर्खिएर

ऐना हेर्दा निधारमा मेरो ओठको छाप देखेपनि
लजाउनु पर्दैन मात्तेर, छुम्दिन अब म अँगालेर
कस्को लागी बस्छ्यौ अब शिर पाऊ सबै सजिएर ?
जाउ भन्यौ हिँडिदिँए आँउदिन अब फर्किएर
पर्दैन हेर्नु मेरो बाटो ,नबस अब पर्खिएर

August 5, 2009

खै ! के भो ???

Filed under: कविता / गजल - Bimal Dai @ 9:21 am


 

तिमी जून भएर के भो? लाखौँ तारा भएर के भो?

मेरो मुहारमा खुशीको उज्यालो छर्न नसके पछि

आफु एक्लै टल्किरहने झिल्झिल् सितारा भएर के भो?

 

एक्लै एक्लै तिमी र म कुनै अस्तित्व छैन

फरक बाटो फरक पाईला कुनै गन्तब्य छैन

मेरो यात्रामा सहयात्री तिमी बन्न नसकेपछि

आफ्नै दुनो सोज्याउने तिमीलाई सहारा ठानेर के भो?

तिमी जून भएर के भो?………………………….

 

तिमि नजिक भएर के भो? अनि टाढा भएर के भो?

संगै जिउने मर्ने कसम जत्ति खाएपनि

दु:खेको मेरो घाउमा मलहम लगाउन नसकेपछि

बाहिर देखाउन मुखले कठै बिचरा भनेर के भो?

तिमी जून भएर के भो?……………………………

 

तिमी नदी भएर के भो? ढुङ्गे धारा भएर के भो?

सुकेको मेरो गलाको प्यास मेटाउन नसकेपछी

बगेर त्यसै खेर जाने छङछङ छहरा भएर के भो?

तिमी जून भएर के भो?……………………………

 

 

ख्याल गर है !

Filed under: कविता / गजल - Bimal Dai @ 8:51 am

 

सँजाइराख्छु तिम्रो मुहार सधैं मेरो आँखामा
गाइरहन्छु तिम्रो गीत मेरो आफ्नै भाकामा
साथ कहिल्यै नछोड्नु है
मनलाई अन्त नमोड्नु है
मेरा आँखा बन्द होलान्
गीतको भाका मन्द होलान्
दोष तिम्लाई लाग्न सक्छ
होस गर है।

बिताइरहन्छु सारा जीवन तिमी आउने आशमा
पाईरहन्छु तिम्रो साथ हरेक फूलको वाशमा
विश्वाश यो नतोड्नु है
नाता अन्त नजोड्नु है
मेरा आश मर्न सक्छन्
फूलको वाश झर्न सक्छन्
गाल तिम्लाई पर्न सक्छ
ख्याल गर है् ।।

साँचीराख्छु तिम्रो माया मेरो मन मन्दिरमा
हँसाइराख्छु तिमिलाइ म आफैं परेनी पीरमा
झुठो वाचा नसोच्नु है
अर्कै अर्थ नखोज्नु है
मेरो मन्दिर खाली होला
तिम्रै माया जाली होला
श्राप तिम्लाइ लाग्न सक्छ पाप नगर है !


May 4, 2009

..मेरो देश

Filed under: कविता / गजल - Bimal Dai @ 10:18 am

बन्दले मन्द भएको ..मेरो देश

अहमले द्वन्द भएको ..मेरो देश

कठै ,एउटा बुद्ध जन्मेर क भयो???

जनता भन्दा धेरै बुद्दु नेताहरु भलेमन्द बसेको..मेरो देश

असुरक्षाले अशान्त भएको..मेरो देश

रोगले ग्रसित मरणान्त भएको..मेरो देश

एउटा सगरमाथा अग्लिएर के भयो?

बिचारहरु दिन दिनै उँधो झरेको..मेरो देश

 

April 30, 2009

..ए पानी

Filed under: कविता / गजल - Bimal Dai @ 4:12 pm

थोपा थोपा हैन तिं‍मी झर्झर् झर्झर् बर्ष पानी
सक्छौ भने टक्क अड नगर कुरो तर्केर जानी
कयौं मास खँडेरीमा बिताएँ यो जिन्दगानी
भिज्छु आज नित्थ्रुक्क म भिजाउ अझ मलाई तानी तानी….

जहिले चाहन्न ,टुप्लुक्क आउँछ्यौ,पुर्याउँउछयौ मेरो कार्यमा हानी
सम्झन्थे जहिले तिमीलाइ स्पर्ष गरौं ,आउदिनौ कति बिन्ति गर्दानि
तिम्रो मात्र किन यस्तो एकतर्फि मनोमानी?
पानी…तिंमीलाई फकाउँदा फकाँउदा म आफैं भएँ पानी पानी

बादल हेरी चित्त बुझाँउथें ,झुक्याउथ्यौ मलाइ असिनाले हानी
हुरी सँगै तिमी खै कता लाग्थ्यौ ,बस्थें सधैं म आँखा तानी
पहिले जस्तो छैनौ तिमी आजकल,कतिखेर बद्लिएछौ बानी?
पानी…तिमीलाई कुर्दा कुर्दा म आफै भएँ पानी पानी……

थोपा थोपा हैन तिं‍मी झर्झर् झर्झर् बर्ष पानी
सक्छौ भने टक्क अड नगर कुरो तर्केर जानी

March 26, 2009

आँशू किन झर्थ्यो?

Filed under: कविता / गजल - Bimal Dai @ 3:12 pm

 

सोचे जती सबै कुरा पुरा हुने भए

रोजे जती सबै चीज आफ्नै हुने भए

घाम र जून झैं बेग्ला बेग्लै किन बाँचनु पर्थ्यो?

झरी भन्दा चर्को भेल आँशू किन झर्थ्यो?

 

आज मात्रै हेरें मैले भोली सोच्दै सोचिन

वाधा अवरोधको कहिल्यै कुनै बिकल्प खोजिन

कल्पना झैं रंगीचंगी संसार सधैं हुने भए

अँध्यारोमा टुकी बाली रात एक्लै किन टर्थ्यो?

झरी भन्दा चर्को भेल आँशू किन झर्थ्यो?

 

 

नजिक बसि तिमी सँगै कुरा गर्ने चाहना

Filed under: कविता / गजल - Bimal Dai @ 2:45 pm

        

         नजिक बसि तिमी सँगै कुरा गर्ने चाहना        

         खै कसरी पुरा गर्ने के बनाउने वाहना?

         बुझ्न खोजेत बुझ्थ्यै होली किन बुझ पचाएकी?

         मलाई हेर्ने तिम्रा नजर किन अन्तै नचाएकी?

         होहल्लामा डर लाग्योकी? एकान्तमा बसौंन

         माया पिरतीको डोरी अझ बेसरी कसौंन

         डर छोड भर पर घर बनाऊ मायाको

         नछुट्टिने वाचा गरौं जस्तै घाम र छाँयाको ।

 

          सौन्दर्यकी खानी तिमी रुपै तिम्रो गहना

          टाढा बाट धित मरेन अली नजिक सरन

          जून जस्तै धप्धप् बल्दै मुहार किन सजाएकी?

          हेर्न खोज्दा निहुरिदिन्छ्यौ किन त्यसै लजाएकी?

          उज्यालोमा लाज लाग्योकी अँध्यारोमा हेर्छुनी

          मन भरीको माया बोकी अँगालोमा बेर्छुनी

          पर हैन वर सर मन सजाउ मायाले

        नछुट्टिने बाचा गरौं जस्तै घाम र छाँयाले ।।

  • अँग्रेजी पात्रो :
    December 2009
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • यो ब्लग यति पटक हेरिएको छ
    Web Page Counters

Get free blog up and running in minutes with Blogsome
Theme designed by Alex King